काठमाडौँ । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको बताए । रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ । आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसको भनाई छ ।
युक्रेनले भने कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । युुक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जानकारी गराए । युक्रेनको निप्रो नदिमा बनाइएको एउटा ठूलो बाँध भत्केपछी यी दुई राष्ट्रबीचको आक्रमण तीब्र भएको छ ।-एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.