देशैभरीबाट धर्मेन्द्र-सुदर्शन समूह रित्तिदै, अखिल (क्रान्तिकारी)का संयोजक विप्लव नेकपा प्रवेश

डेली न्युजराप्ती       १२ माघ २०७९ ०६:३९ मा प्रकाशित     214 No Comments

डोटी : डोटीमा धमेन्द्र नेतृत्वको बहुमत निकट अखिल क्रान्तिकारीका संयोजक सहित जिल्ला समितिका सक्रिय सदस्यहरू विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा प्रवेश भएका छन् ।

बुधबार बहुमतका जिल्ला संयोजक रहेका वीरेन्द्र कठायतले बहुमत निकट संग क्रान्तिका लागि स्पष्ट कार्यदिशा नभएको हुँदा सो पार्टीमा नबस्ने र आजैका मिति देखि विप्लव नेतृत्वको पार्टी निकट अखिल क्रान्तिकारीमा समाहित भएको घोषणा गरेका छन । प्रवेश गरेका संयोजक वीरेन्द्र कठायत सहित जय भाट, भक्त बोहोरा लाई अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य बबरजंग सिंह , संगठनकै डोटी इन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश कठायत , केन्द्रीय सदस्य ललित एसके ले स्वागत गरेका थिए ।

संगठनका डोटी इन्चार्ज प्रकाश कठायतले भने , “ बहुमत नामको झुण्डले केही इमानदार संगठनका साथीहरूलाई क्रान्तिका नाममा भ्रममा राखेर अल्मल्याएको थियो अहिले साथीहरुले बुझे पछि संयोजक सहित जिल्ला टीम नै ढिलै भए पनि क्रान्तिको पक्षमा उभिएका छन् यसलाई हामीले थप क्रान्तिको बढ्दो आबस्यकता र गहन जिम्मेवारीको रुपमा लिएका छौं । ” आगामी दिनमा संगठन लाई बलियो बनाएर जाने समेत कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार