नेकपा सल्यानको जनएकता अभियान २०८०:त्रिवेणी गाउँपालिकाको दोस्रो भेला सम्पन्न

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० २१:२० मा प्रकाशित     208 No Comments

सल्यानमा जनताकाे सुख दुःखकाे साथी नेकपा जनएकता अभियान -२०८० जारी
सल्यान: जनताकाे सुखदुःखकाे साथी, नेपाल कम्युनिस्ट पार्टी भन्ने मूल नारासहित सल्यानमा जारी नेपाल कम्युनिस्ट पार्टीको जनएकता अभियान २०८० अन्तरगत जिल्लाकाे त्रिवेणी गाउँपालिकामा पार्टीको दाेस्राे भेला सम्पन्न भएको छ ।
भेलाले कल बहादुर सीकाे नेतृत्वमा पार्टीको त्रिवेणी गाउँकमिटी निर्वाचित गरेको छ। पालिकाकाे ढुंगेबगर बजारमा भएको भेलाले गाउँ कमिटी निर्वाचित गरेको नेकपा सल्यानले बताएको छ ।
निर्वाचित सदस्यहरु आनन्द सी, टेकबहादुर सी, कृष्ण बहादुर सी, सुशीला सी, चित्रकला सी, पार्वती सी, मिना सी, सन्तोष सी, बलवीर सी, ठगबहादुर सी, धनबहादुर सी, रामबहादुर सी, पिमलाल सी रहेका छन् ।
गाउँ पार्टीको दाेस्राे भेलालाई पार्टीका केन्द्रीय सदस्य अनिल सीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएका थिए । भेलाकाे बन्दसत्रमा पार्टीका जिल्ला सचिव वीर बहादुर सीले प्रस्ताव गरेको कमिटीकाे प्यानल सर्वसम्मत रुपमा पारित भएको थियोे । भेलाकाे अध्यक्षता जिल्ला कमिटीका सचिवालय सदस्य प्रेम सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार