युवा संगठन नेपाल दाङले सिडियो मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर सहितको ज्ञापन बुझायो

डेली न्युजराप्ती       ९ माघ २०८१ १८:२७ मा प्रकाशित     30 No Comments

माघ ९,दाङ ।
हेमन्तप्रकाश वली ।
नेकपाको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिति दाङले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ ।
बुधबार संगठनका जिल्ला अध्यक्ष शिशिर सी सहितको टोलीले नेकपा र राज्यबिच भएको तीन बुदे सहमति कार्यान्वयनको माग गर्दै नागरिक हस्ताक्षर सहित ज्ञापनपत्र दाङका सिडियोकृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

ज्ञापनपत्रमा सम्पुर्ण नेताकार्यकर्ताका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहल गर्नुपर्ने , नेकपा र राज्यबिच भएको तिन बुदे सहमति कार्यान्वयन गर्न र देशको राजनैतिक , आर्थिक , सामाजिक र सांस्कृतिक समस्या समाधान गर्न नेकपा संगको संवादलाई अगाडि बढाउनुपर्ने , राजनैतिक आस्थाका बन्दी रिहाईका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बुदागत मागहरु समेटिएको छ ।

ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पाटन सी , संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

२०७७ फागुन २० गते तत्कालीन केपि वली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच तीन बुदे राजनीतिक सहमति भएको थियो ।

उक्त सहमति कार्यान्वयनका लागि राज्यलाई दबाब दिन युवा संगठन नेपालले जिल्लामा तीन दिनसम्म नागरिक हस्ताक्षर अभियान समेत चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार