रामवहादुर वलीको हत्या प्रकरण: विक्कीसहित चार जनालाइ जन्मकैद

डेली न्युजराप्ती       १८ मंसिर २०७८ १८:४७ मा प्रकाशित     517 No Comments


दाङ। दुई बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि वलीको हत्या गरेको अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले यस अघि पनि गोली प्रहार गरि एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमथि गोली प्रहार गरि हत्या गरेपनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार