युवा संगठन नेपाल तुलसीपुर ३ को प्रथम वडा भेला सम्पन्न,अध्यक्षमा डम्बर बिक

डेली न्युजराप्ती       २१ आश्विन २०७८ १८:३१ मा प्रकाशित     520 No Comments


दोर्ण केसि,दाङ। नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटीको प्रथम वडा भेला बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर -३ दमारगाउमा सम्पन्न भएको छ।

संगठनका अध्यक्ष डम्बर नेपालीकाे अध्यक्षता एवम पार्टीका तुलसीपुर उपमनगर ईञ्चार्ज बिकाशको प्रमुख आतिथ्य तथा पार्टी दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लकाे विशिष्ट आतिथ्यमा सम्पन्न साे वडा भेलामा जनपत्रकार सँगठनका दाङ जिल्ला सहसचिव दाेर्ण केसी, युवा संगठन नेपाल दाङका इन्चार्ज मनाेज, अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर, युवा संगठन नेपाल दाङ जिल्ला सचिव सुदर्शन, नेकपा तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटीका सेक्रेटरी बालकृष्ण, पार्टीका द्वय नगर कमिटी सदस्य सीता, शिवु लगाएतकाे सहभागीता रहेकाे थियोे । प्रथम वडा भेलाले डम्बर बिककाे अध्यक्षतामा पछि थप गर्ने गरि २१ सदस्यीय युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटी बिस्तार गरेको हो भने साे भेलाकाे सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सहसचिव अजय दुलालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार