नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता रिहा

डेली न्युजराप्ती       १५ माघ २०७९ २३:१० मा प्रकाशित     105 No Comments

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता आइतबार बाँके बाट रिहाइ भएका छन ।

नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनार आइतबार बाँके जिल्ला अदालतबाट धराैटीमा रिहाइ भएका हुन ।

आइतबार अधिवक्ता टिकाजंग सिंह लगायतका अधिवक्ताकाे बहसपछि अदालतले एक लाख साट्ठी हजारमा छाड्न आदेश दिएको थियो ।

उनीहरूलाई प्रहरीले नेपालगंजको नर्सिङ होम मेडिकल कलेजको उपचार कक्षवाट पुस २० गते पक्राउ गरि बम विष्फोटको मुद्धा चलाएको थियो ।

नेपालगंजको भृकुटीनगर स्थित डिल्ली क्षेत्रीकाे कोठामा खाना पकाउने क्रममा प्रेसर कुकर विष्फोट हुदा कार्तिक ३० गते वुधवार राती साढे ८ वजेतिर दुवै जना घाईते भएका थिए ।

प्रहरीले भने मंसिर ४ काे संघ र प्रदेशको चुनाव लक्षित गरि तर्साउने हिसावले विष्फोट गराउने बम वनाउने क्रममा विष्फोट हुदा उनीहरु दुवै जना घाईते भएको भन्दै पक्राउ गरि बम विष्फोटको मुद्धा चलाएको थियो ।

सरकारले तीन बुँदे सहमति गरी नेकपाका सवै नेता कार्यकर्ता जेलवाट छोड्ने सहमति गरेको वेला सामान्य कुरामा मुद्धा वनाएर नेकपाका कार्यकर्तालाई पक्राउ गरि जेल हाल्ने कार्य अझै राेकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार