काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद तथा बेपत्ता याेद्वाहरूकाे सपना आफ्नाे पार्टीले पूरा गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।
मंगलबार ललितपुर स्थित पार्टी कार्यालयमा सहिद तथा बेपत्ताहरूका परिवारजन सँगकाे भेटघाटमा महासचिव विप्लवले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
महासचिव विप्लवले जनयुद्धमा सहिद हुने, बेपत्ता हुने, घाइते हुनेदेखि जनयुद्धमा सहभागी नेता, कार्यकर्ता र जनता कसैको पनि सपना पूरा नभएकाे भन्दै नेतृत्वमा आएको विचलनताले माओवादी जनयुद्धले धाेका खानु परेको बताए ।
उनले एकीकृत जनक्रान्तिकाे माध्यमबाट सबैका अधुरा सपना पुरा गरेर छाड्ने विश्वास दिलाए ।
सहिद सप्ताहकाे अवसरमा सप्ताहकाे तेस्रो दिन सहिद तथा बेपत्ता याेद्वाहरूका परिवार सँग भेटघाट गरेका महासचिव विप्लवले क्रान्ति निरन्तर जारी रहेकाले निराश नहुन सहिद तथा बेपत्ता याेद्वाका परिवारजनलाई आग्रह गरे ।
महासचिव विप्लव सँग सहिद तथा बेपत्ता योद्धा बेनोज अधिकारीकी आमा हरिमाया अधिकारी, पुर्ण पौडेलकी आमा माेतिमाया पाैडेल र बिपिन भण्डारीकी आमा शान्ता भण्डारीले भेटघाट गरेका थिए ।
उनीहरूले महासचिव विप्लवलाई प्रचण्डको जस्तै क्रान्तिमा धाेका नदिन र सहिद तथा बेपत्ताहरूकाे सपना पुरा गर्न आग्रह गरेका थिए
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.