दाङ, २३ भदौ । दाङको तुलसीपुरमा अपहराण आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी २९ बर्षको जनक सुनार, ३४ बर्षका सन्तोष वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै बम घर्ती र घनश्याम पुन फरार रहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।
आरोपीले गएको साउन २६ गते तुलसीपुर उपमहानगरपालिका–६ कपडादेवी निबासी अर्जुन पोखे्रललाई घरबाट अपहरण गरेर भोलिपल्ट बिहान ३ बजे छोडेको आरोप लागेको छ । पिडितले भदौ १ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साढे तीन लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर अपहरण गरेको प्रहरीले बताएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.