तुलसीपुरको साधना पाठशालाले गर्यो नवआगन्तुक विधार्थीलाई स्वागत एवम सम्मान

डेली न्युजराप्ती       २८ बैशाख २०८१ २०:१४ मा प्रकाशित     444 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख २८ , तुलसीपुर । तुलसीपुर – ९ मा अवस्थित साधना पाठशालाले पाठशालामा भर्ना भएका नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ ।

शुक्रवार पाठशालामा एक कार्यक्रमको आयोजना गरि पाठशालामा शैक्षिक सत्र २०८१ मा भर्ना भएका विधार्थीहरुलाई स्वागत एवम सम्मान गरिएको हो ।

विधार्थीहरुले विभिन्न नृत्य एवम गायन प्रतिभा मार्फत नवआगन्तुक विधार्थीहरुलाई स्वागत एवम सम्मान गरेको विधालयका प्रधानाध्यापक हरी प्रसाद भण्डारीले जानकारी दिनुभएको हो ।

कक्षा १० र ९ मा अध्यनरत सुमित्रा विष्ट र मनिशा बोहोराले आफ्नो मन्तव्य मार्फत नवआगन्तुक विधार्थीहरुलाई स्वागत गर्नुभएको थियो भने नवआगन्तुक विधार्थीको तर्फबाट अनुसा पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्वागत एवम सम्मान कार्यक्रममा विधालयका प्रधानाध्यापक हरि प्रसाद भण्डारीले नवआगन्तुक एवम सम्पुर्ण विधार्थीहरुलाई सकारात्मक प्रयास मार्फत आफ्नो गन्तव्यमा पुग्न आग्रह गर्नुभएको थियो ।

शिक्षिका कल्पना केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका पुजा परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार