फागुन २१,तुलसीपुर। दाङमा विभिन्न राजनीतिक पार्टी परित्याग गरि ११ जनाले नेकपा प्रवेश गरेका छन।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट प्रवासी नेपाली केन्द्रका केन्द्रिय सचीव सुशील महर सहित बिभिन्न राजनीतिक पार्टी परित्याग गरि ११ जनाले नेकपा प्रवेश गरेका हुन।
आज शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेका समर्थक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लक्ष्मिपुर निवासी मधुकर न्यौपाने,नेपाली कांग्रेस समर्थक तुलसीपुर-१५ निवासी रामकुमार चौधरी,तुलसीपुर-१५ निवासि कमला दनुवार,तुलसीपुर-१५ निवासि माया ऐरि,तुलसीपुर-१ निवासी रुपलाल बिक,नेपाली कांग्रेस समर्थक तुलसीपुर-२ निवासी तारा बहादुर चौधरी,नेपाली कांग्रेस समर्थक तुलसीपुर-२ निवासी टेक बहादुर चौधरी,नेकपा एमाले समर्थक तुलसीपुर-५ निवासी घन्स्याम योगि र नेकपा (माओवादी केन्द्र) तुलसीपुर नगर कमिटी सदस्य तुलसीपुर-५ निवासी सेतिराम बिकले नेकपा प्रबेश गरेका हुन। पार्टी प्रबेशीहरुलाइ नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,पार्टी जिल्ला सेक्रेटरी प्रदिपले लगाएतले अबिर आवरण लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।
पार्टी प्रबेश पछि पार्टी परित्यागको घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटी सदस्य सेतिराम बिकले १६ बर्षदेखि प्रचण्डको नेतृत्वमा आफू लागेको तर पछिल्लो समयमा प्रचण्डले राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर बिदेशिको दलाली गरेर नेपाली राष्ट्रिय स्वाधीनता बेचेकाले आफुले पार्टी परित्याग गरेको बताएका छन। उनले राष्ट्रिय स्वाधीनताको रक्षा नेपालमा विप्लव नेतृत्वको नेकपाले मात्रै गर्ने समेत जिकिर गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.