डेलिन्युजराप्ती संवाददाता।
साउन २७ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पत्रकार र सञ्चार संघ/संगठनलाई आ.व.०७८/७९ र ०७९/०८० मा गरिएको इन्धन वितरणको विवरण सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाले बिहीवार नेपाल पत्रकार महासंघलाइ सम्बोधन गर्दै आ.व.२०७८/७९ मा महासंघ दाङ शाखाले इन्धन सुबिधा नलिएको तर विभिन्न पत्रकार तथा सम्बन्धित संघ/संस्थाहरुले इन्धन सुबिधा लिएको भन्दै विवरण सहित सार्वजनिक गरेको हो ।
यता उपमहानगरपालिकाको पत्र प्राप्त गरेलग्गत्तै महासंघ दाङ शाखाले बिज्ञप्ति जारी गरि पत्रकार र अन्य संघ/संगठनले इन्धन लिएको कुरालाइ महासंघतर्फ भनी एकमुष्ट एउटै शिर्षकमा महासंघको नाम जोडेकोमा महालेखा परिक्षकको कार्यालयप्रती आपत्ती प्रकट गरेको हो ।
यस्तै महासंघले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिता विपरित कहि कतैबाट इन्धन सुबिधा नलिन सबै पत्रकारलाई सचेत बनाएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाले आ.व.२०७९/०८० मा पत्रकारलाई गरिएको इन्धन वितरणमा भने महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलसहित महासंघ दाङ शाखाका केही पत्रकार समेतको नाम उल्लेख गरिएको छ ।
जसमा आ.व. २०७९/८० मा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले उपमहानगरपालिकाबाट २५ लिटर इन्धन लिएको खुलेको छ भने महासंघ दाङका शाखाका कोषाध्यक्ष शरद रेग्मीले ३० लिटर र महासंघ दाङका सदस्य दिपक बोहोराले १० लिटर इन्धन सुबिधा लिएको खुलेको हो ।
यस्तै आ.व. २०७९/०८० मा तुलसीपुर उपमहानगरपालिकाबाट सबैभन्दा बढी मात्रामा इन्धन सुबिधा लिने नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का रहेका छन् । उनले एकैपटक उपमहानगरबाट १०० लिटर इन्धन सुबिधा लिएका छन् ।
यस्तै आ.व.२०७९/०८० मा उपमहानगरपालिकाबाट इन्धन सुबिधा लिने पत्रकारहरुमा राकेश बस्नेत (साक्षी खबर पत्रीका) ३० लिटर , डिल्लि बहादुर रावत ४० लिटर , निराजन डागी (ग्यालेक्सी फोर के टेलिभिजन) २७ लिटर , ओपेन्द्र बस्नेत (रेडियो प्रकृतीका स्टेसन म्यानेजर) २५ लिटर , सुमन केसि २३ लिटर , वसन्त पौडेल ४० लिटर , गणेश आचार्य १० लिटर , प्रेम बहादुर राम्जा १० लिटर , यज्ञ बहादुर बुढा (राप्ती पहिचान अनलाइन) ४० लिटर , श्याललाल राणा (अबिरल पोस्ट) २० लिटर , महेन्द्र महरा (एसटिएन टेलिभिजन) १५ लिटर सहित जम्मा ४४५ लिटर इन्धन वितरण गरिएको हो ।
यस्तै आ.व.२०७८/०७९ मा विभिन्न पत्रकार र संघ/संगठनहरुले उपमहानगरबाट कुल ५७६ लि.इन्धन लिएको विवरण सार्वजनिक भएको छ ।
जसमध्य पत्रकार वसन्त पौडेलले ६० लिटर , पत्रकार (मेयर संयोजक) ५० लिटर , नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टर नेपाल ५० लिटर , ओपेन्द्र बस्नेत मेयर संयोजक ३० लिटर , नेकपा एमाले निकट प्रेस चौतारी दाङले १०० लिटर , अबिरल राष्ट्रिय पोस्ट ६० लिटर , नगर प्रवक्ता प्रेस संयोजक ४६ लिटर , नेकपा एमाले निकट प्रेस चौतारी लुम्बिनी प्रदेश १०० लिटर , स्वतन्त्र पत्रकार महासंघ जित सागर जिएमलाइ ८० लिटर इन्धन वितरण गरिएको विवरण सार्वजनिक गरिएको हो ।
यता नेपाल पत्रकार महासंघ दाङ शाखाले आ.व. २०७९/०८० मा पत्रकारलाई वितरण गरिएको इन्धनमा महासंघका कार्यसमितिका पत्रकारहरु जोडिएको बिसयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.