युवा संगठन नेपाल तुलसीपुर-२ को वडा सम्मेलन सम्पन्न, १९ सदस्यीय कमिटी चयन

डेली न्युजराप्ती       १२ आश्विन २०७८ १३:१६ मा प्रकाशित     486 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका- २ मा संगठनको वडा सम्मेलन सम्पन्न भएको छ।

वडा सम्मेलनलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले युवाहरुले एकपटक वैज्ञानिक समाजवाद प्राप्तिका लागि निर्णायक संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे। नेता बिकाशले एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुँदै पार्टीले लिएको कार्यनिती प्रगतिशील संयुक्त सरकार,जनमत संग्रह र वैज्ञानिक समाजवादको एजेन्डालाई लिएर जनतामा जान अपिल समेत गरे।

सम्मेलनमा युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज,अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष अमर लगाएत युवा संगठन नेपाल दाङ जिल्ला उपाध्यक्ष जिवनी,सचीव सुदर्शन ,सदस्य पुर्णको आतिथ्य रहेको थियो भने कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सदस्य प्रमोदले गरेका थिए। वडा सम्मेलनले खुसिराम चौधरीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार