आजदेखि तुलसीपुर महोत्सव सुरु हुँदै

डेली न्युजराप्ती       ५ पुष २०८२ ०८:४९ मा प्रकाशित     164 No Comments

दाङ, ४ पुस ।
स्थानीयरुपमा अर्थतन्त्रलाई चलायन बनाउन दाङको तुलसीपुरमा आजदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ शुरु हुँदैछ । स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृतिको प्रर्वद्धन गर्न आजदेखि १९ गतेसम्म ‘प्रथम तुलसीपुर महोत्सव’ संचालन हुन लागेको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले महोत्सव उद्घाटनपूर्व तुलसीपुरको बसपार्कबाट बिहान ११ बजे झाँकीजुलस निकालिने बताउनुभयो ।

महोत्सवको उद्घाटन दिउँसो १ बजे लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गर्नुहुनेछ । महोत्सवमा स्थानीय वस्तुको बजारीकरण हुने अर्थतन्त्रलाई थप चलायमान हुने आयोजकले जनाएको छ । महोत्सवमा किसानलाई नि : शुल्क स्टलदेखि स्थानीय कलासंस्कृतिको प्रदर्शनी गरिने संयोजक केसीले बताउनुभयो ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु नै प्रमुख उद्देश्य रहेको उहाँको भनाई छ । महोत्सवमा यसपटक ‘लण्डन ब्रिजदेखि जलपरीसम्म’ दर्शकले अवलोकन गर्न पाउने छन् ।

महोत्सवमा व्यवसायी तथा दर्शकको सुरक्षाका लागि करिब ५० बढी सुरक्षाकर्मी परिचालन गरिने र ड्रोनबाट समेत निगरानी गरिने छ । महोत्सवमा लोकदोहोरी प्रतियोगितादेखि ‘समृद्ध तुलसीपुर–मेरो दायित्व’ विषयमा वक्तृत्वकलासमेत राखिएको छ ।

यस्तै युवालाई उद्योग व्यवसायमा प्रेरित गर्नका लागि उद्योग व्यवसायबारे युवाले सोच र योजना महोत्सवमा आइडिया शेयरिङ गर्ने आयोजकले जनाएको छ । महोत्सवबाट आर्थिक विकास गरी तुलसीपुरको समृद्धिमा टेवा पुर्‍याउने आयोजकको लक्ष्य छ ।

महोत्सव पश्चात पनि साना तथा ठुला उद्योगीलाई तुलसीपुरमा भित्र्याउने र तुलसीपुरको आर्थिक विकासमा थप टेवा पुग्ने महासचिव भद्रबहादुर वलीले बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको रहने प्रस्तुतीले थप आर्कषण थप्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार