भ्रष्टाचार विरुद्ध विप्लवले दिएको फेसबुक लाइभ फेसबुकले हटायो , नेकपाले फेसबुकप्रती खेद प्रकट गर्ने

डेली न्युजराप्ती       ४ जेष्ठ २०८० २२:१४ मा प्रकाशित     483 No Comments

हेमन्त प्रकाश ओली । जेष्ठ ४ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटीको बैठकमा सामाजिक सञ्जाल फेसबुकले समेत चर्चा पाएको छ ।
जेष्ठ ३ गतेदेखी काठमाडौं स्थित बुद्धनगर केन्द्रीय सम्पर्क कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा पार्टीका महासचिव विप्लवले भ्रष्टाचार विरुद्धमा दिएको फेसबुक लाइभ फेसबुकले हटाएपछी सो विषयमा छलफल भएको नेकपाका स्थायी कमिटीका सदस्य भरत सीले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

नेकपाका महासचिव विप्लवले केही दिन अघि मात्रै आफ्नो आधिकारिक फेसबुक आईडी मार्फत पछिल्ला समसामयिक राजनितीक बिषयवस्तुसंग सम्बन्धि रहेर लाईभमा आउदै गरेको जानकारी दिदै सोही दिन साझ करिव ८ बजेतिर फेसबुक लाइभ मार्फत भ्रष्टाचार लगाएतको विषयमा आम पार्टीपंक्ति, शुभचिन्तक तथा जनसमुदायलाई प्रत्यक्ष लाईभ मार्फत आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेकपाका स्थायी कमिटीका सदस्य भरत सीले काठमाडौंमा जारी पार्टीको स्थायी कमिटीको बैठकमा निम्न कुरामा ध्यान दिएको बताउदै लेखेका छन् – ‘हिजो जेष्ठ ३ गते नेकपाको स्थायी समिति- केन्द्रीय समितिको तयारीको बैठक बसेर निम्न कुरामा ध्यान केन्द्रित गर्यो । १) फेसबुकको हर्कतप्रती खेद प्रकट गर्ने,-जसले भ्रष्टाचार विरुद्धमा विप्लवले दिएको फेसबुक लाइभ हटायो । २) ३ वटा कम्युनिस्ट पार्टी बीच सम्पन्न पार्टी एकतालाई अझ सुदृढ गर्न तत्काल केन्द्रिय समितिको बैठक बस्ने ३) देशमा बढ्दै गएको संकट समाधानका लागि समाजवादी बृहत संयुक्त मोर्चा (त्यो सबै माओवादी र कम्युनिस्ट अनि देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुको बीच ) निर्माणमा जोड दिने ४) पछिल्ला केही जल्दाबल्दा बिसय ( भ्रष्टाचार लगायत अन्य) मा केन्द्रित भइ संघर्स गर्ने ।’

यस्तो छ नेकपाका स्थायी कमिटीका सदस्य भरत सीले फेसबुक स्टाटस:

फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार