धिरज , कैलाली: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा बनाउँदा केही पार्टीको सातो गएको बताएका छन् ।धनगढीमा सोमबार भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङग सृजना भएकाले र अन्य पार्टीको सातो गएको बताए ।वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको बताउदै उनले यसअघि अन्य ६ वटा प्रदेशमा सन्देश सभा गरि सकेको जानकारी गराए ।अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यसपछि जिल्लास्तरसम्म अभियान सुरु गर्ने जानकारी गराए ।देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेपालले सरकार यस विषयमा गम्भीर बन्नु पर्ने बताए ।उनले युवाहरू विदेशमा भौँतारिरहेको बताउदै गाउँ घरमा बुढापाकाहरू मात्रै भएको बताए । देशमा रोजगारीको अवस्था सिर्जना नभएको बताउदै उनले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने दाबी गरे ।उनले समाजवादी मोर्चा गठनमा काङ्ग्रेस रुष्ट नभएर खुशी भएको बताए । देशको स्वाधीनताको रक्षा गर्नु आजको आवश्यकता भएको उनले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.