नेकपा चितवनद्वारा कम्युनमा उत्पादित तरकारी बिक्रीवितरण सुरु!

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० २१:२२ मा प्रकाशित     95 No Comments

अवैध भारतीय कृषि वस्तुले समस्या पार्‍यो: सन्देश सी
चितवन / नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सीले बाहिरबाट खासगरी भारतीय अवैध कृषि उत्पादनको आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा नेपाली कृषि क्षेत्रलाई नकारात्मक असर पारेको बताएका छन।जनपत्रीका डटकम संगको कुराकानीमा नेता सन्देशले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जनआधारित नेताकार्यकर्ता र आत्मनिर्भर पार्टी निर्माणको आवधिक योजना अनुसार देशका विभिन्न ठाउँमा नेकपाका केन्द्रिय तहका नेताहरूकै अगुवाइमा कृषि उत्पादन कार्यको शुरूवात गरिएको छ।

चितवनको माडी नगरपालिका वडा न४ र ५मा नेता सन्देशको अगुवाइमा कृषि तथा पशुपालन सम्बन्धि कम्युन सञ्चालनमा ल्याइएको छ।

चालु बर्षको यो सिजनमा मात्रै हामीले प्रति के जी ८० देखि ९० का दरले रु ७० हजारको खुर्सानी बेच्यौ,९६ हजारको खसी बोका र ६४ हजारको तोरी बेच्यौ नेता सन्देशले जानकारी दिए।
“माडीमा ५ कट्टामा लौका खेती शुरु हुँदैछ, साढे ५ बिघामा माछाका भुरा भर्खरै हालेका छौं र ६ बिघामा धान रोप्ने तयारी गर्दैछौं” – उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार