जनपत्रकार संगठन नेपाल दाङको दोस्रो बैठक सम्पन्न,राष्ट्रिय सम्मेलन भव्य बनाउने

डेली न्युजराप्ती       १० पुष २०७८ १७:१५ मा प्रकाशित     423 No Comments


हेमन्तप्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला समिती दाङको दोस्रो बैठक सम्पन्न भएको छ।

संगठनको शनिबार बसेको बैठकले माघ ११,१२ र १३ गते लुम्बिनी प्रदेशको बुटवलमा हुने चौथो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको हो। यस्तै बैठकले जिल्लामा आधारभुत जनपत्रकारिता तालिम गर्ने,जिल्ला स्तरीय अन्तर्क्रीया कार्यक्रम गर्ने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक अनिवार्य कार्यान्वयन गर्न र पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति हुने खालको बाताबरण सिर्जना गर्न आग्रह गर्दै पत्रकार महासंघ र समबन्धित मन्त्रालयमा जिल्ला प्रशासन र पत्रकार महासंघ जिल्ला शाखा मार्फत ज्ञापनपत्र बुझाउने लागएतका निर्णय गरेको छ।

दोस्रो बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा दाङका सेक्रेटरी प्रदिपले बुर्जुवा पत्रकारहरु क्रान्ती विरुद्ध शसक्त ढंगले परिचालित भएको बताउनुभयो। नेपाली जनताको परिवर्तनको आकांक्षाका विरुद्ध सुनियोजित प्रकारले दलाल सत्ताको रक्षार्थ उभिएका ठुला भनाउदा मिडियाहरुका भ्रामक,तथ्यहिन समाचारको प्रतिरोध गर्न जनपत्रकारहरुलाइ नेता प्रदिपको आग्रह थियो। नेता प्रदिपले दलाल पुजीवादी सत्ता चरम संकटमा परेकाले अहिले आफ्नो सत्ता टिकाउन केही मिडिया हाउसहरुको सहारा लिएको स्पष्ट पार्नुभयो।
एक फरक प्रसंगमा नेता प्रदिपले एकीकृत जनक्रान्ती सफल हुने जिकिर गर्नुभयो। उहाले भन्नुभयो,”हामिले जनता र राष्ट्रको मुक्तिका लागि एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेका छौं,हामि जनताको पक्षमा छौं त्यसैले हामी जित्छौ”। उहाले आफ्नो पार्टीले जनताको मत मार्फत व्यवस्था परिवर्तन गर्छौ भन्दा अत्तालिएको समेत बताउनुभयो। आफुलाइ भयंकर लोकतान्त्रिक भनेर भ्रम फिज्नेहरु नै लोकतान्त्रिक प्रयोग जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिउ भन्दा किन आत्तिएको? नेता प्रदिपले प्रश्न गर्नुभयो।
जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाशको संचालन तथा अध्यक्षतामा बसेको बैठकमा मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य सिबेन्द्रको समेत आतिथ्य रहेको थियो।
यस्तै शनिबार नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ जिल्ला सम्मेलन आयोजक कमिटीको दोस्रो बैठक सम्पन्न भएको संगठनले जनाएको छ। बैठकले संगठनको जिल्ला अन्तर्गतका पालिकामा सम्मेलन गर्ने तथा संगठनको दाङ जिल्ला सम्मेलन गर्ने लगाएतका निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार