सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य,अखिल(क्रान्तिकारी)ले देशव्यापी प्रदर्शन गर्ने

डेली न्युजराप्ती       १ जेष्ठ २०७९ ०८:३३ मा प्रकाशित     624 No Comments

दाङ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बतानुभयो । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

यस्तै पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले आज देशव्यापी प्रदर्शन गर्ने जनाएको छ। सो संगठन अध्यक्ष प्रकाश शाहिले सामाजिक संजालमा एक पोस्ट लेख्दै देशव्यापी हुने बिरोध प्रदर्शनमा सहभागी हुन हार्दिक अपिल समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार