महासंघ सदस्यता विभेद विरुद्ध आन्दोलन जनपत्रकार संगठनको निर्णय!

डेली न्युजराप्ती       ११ फाल्गुन २०८० २०:२५ मा प्रकाशित     97 No Comments

नवलपरासी । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघमा देखिएको सदस्यता विभेद समाधान नभएको भन्दै थप दबावमुलक आन्दोलन गर्ने निर्णय गरेको छ ।

जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिवालय समितिको सुक्रवार नवलवपरासीको बर्दघाट मिलनचोकमा सम्पन्न बैठकले महासंघमा केही निश्चित संगठनको सिण्डिकेट कायम देखिएको र साना संगठनको कुरा नसुन्ने प्रवृति देखिएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

बैठकले उपत्यका प्रदेशले महासंघ विरुद्ध गरेको संघर्षको कार्यक्रमले केही सफलता प्राप्त गरेपनि अझै दबाव नपुगेको निश्कर्ष निकाल्दै केन्द्रीय तहबाटै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना वा तालावन्दीको संघर्षसम्म गर्नुपर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघले नयाँ सदस्यताको आवेदन फारम माग गरेपछि आफ्नो संगठनका धेरैजसो क्रियाशिल पत्रकारहरुले आवेदनहरु दिएको र मापदण्ड पुग्दा पनि रोकेर राखेको, यस्तै उपत्यका प्रदेशमा सबै संगठनका आवेदनहरु रोकिएको जनपत्रकार संगठन नेपालले बताएको छ ।

बैठकले महासंघको आगामी चुनावमा देशभर उम्मेदवार दिने निर्णय पनि गरेको छ ।  यस्तै बैठकले प्रत्येक प्रदेश तहमा पनि महासंघको चुनावमा लड्ने उम्मेदवारहरुको तयारी गर्ने,एक अर्कोसंगठनसंग छलफल तथा सहकार्य गर्ने गरी टिमहरु बनाउने निर्णय गरेको छ ।

बैठकले संगठनलाई सुदृढ तथा विस्तार गर्ने, अन्तरक्रिया, तालिम तथा प्रशिक्षण गर्ने,उत्पादन,प्रकाशन कामहरु गर्ने लगायतका विभिन्न निर्णय गरेको छ ।

बैठकमा सहभागी अधिकांस केन्द्रीय समितिका सदस्यहरुले जनपत्रकार संगठनले आगामी महासंघको चुनावमा सशक्त रुपमा उभिनुपर्ने र निश्चित संगठनको सिण्डिकेट तोड्नु पर्ने सुभाव दिएका छन ।

संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माले संगठलाई सुदृढ गर्दै आगामी महासंघको चुनावमा मिल्ने शक्तिसंग सहकार्य गरेर जानुपर्ने र त्यसका लागि तयारीमा लाग्न निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार