जनताप्रति संसदवादीहरुको कुनै माया र अभिलाषा छैन:शीतल

डेली न्युजराप्ती       २३ भाद्र २०७९ २०:०६ मा प्रकाशित     768 No Comments


भदौ २३, सल्यान । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलबहादुर ओली (शीतल)ले नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहने बताएका छन् । नेकपा सल्यानको छैठौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दैन उनले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताए । उनले भने, “अहिले संसदीय व्यवस्थामा जनताको विश्वास छैन् । विस्तारै संसदीय व्यवस्थाको मत पनि घट्दै छ । अहिले निर्वाचनमा गएर भोट हाल्न जनताको रुचि पनि छैन् ।” नेपालका संसदवादी पार्टीहरुले देश र जनतालाई आघात पुर्याएर काम गरिहरेको समेत उनको भनाई थियोे । विदेशीहरुलाई पोस्नेखालको नीति नियम बनाएर नेपाल र नेपाली जनतामा संसदवादीहरुले घात गरेको उनले बताए । उनले भने, “जनताप्रति संसदवादीहरुको कुनै माया र अभिलाषा छैन् । बिदेशीहरुलाई पोस्ने काम उनिहरुको मुख्य काम हो । यीनिहरुकै कारण नेपालमा बिदेशीको ठाडो हस्तक्षेप छ ।”संसदवादीहरुले सिधै वैधानिक भ्रष्टाचार गरिरहेको नेता शीतलको आरोप छ । जनताको सेवा गर्नेहरुले तलब खाने नहुँने तर्क गर्दै उनले जनताको करले अहिका जनप्रतिनिधिहरुलाई पाल्न ठिक्क भएको बताए । आफ्नो पार्टी अहिले संख्यात्मक रुपमा कम जस्तो देखिएपनि गुणात्मक रुपमा बढीरहेको उनले बताए । अब वैज्ञानिक समाजवादमा पुग्नको लागि एकीकृत जनक्रान्तिलाई आत्मसात गर्दै आफुहरु अगाडि बढ्ने उनले बताए । जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, विभित्र जनवर्गीय मोर्चाका नेताहरु लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य मदन चन्दले गरेका थिए । सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्ने नेकपा सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार