कञ्चन-सुदर्शन गुटले आफैले बनाएको घर जलाएर खरानी घस्दै हिडेका छन:सविन

डेली न्युजराप्ती       १० असार २०७९ १६:३२ मा प्रकाशित     472 No Comments


असार १०,घोराही। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले कञ्चन-सुदर्शन गुटले आफैले बनाएको घर जलाएर खरानी घस्दै हिडेको बताएका छन।
नेता सविनले नेकपा घोराही उपमहानगर कमिटी स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।

नेता सविनले भने– ‘कञ्चन-सुदर्शनहरुले आफैले बनाएको पार्टीलाई बिभाजन गरेर अहिले पार्टी र नेतृत्वका विरुद्ध भ्रमहरु सिर्जना गरेका छन,खरानी घस्ने काम जोगिहरुको हो। कञ्चन-सुदर्शनहरु जोगिहरु हुन,क्रान्तिकारी होइनन् ।’
आफ्नो पार्टी संसदवादी,गैर क्रान्तिकारी,पलायनवादी र प्रचण्डको जस्तो पार्टी नहुने नेता सविनको भनाइ थियो।
नेता सविनले अगाडि भने– ‘हाम्रो पार्टी नेपालमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहान्छ।क्रान्तिको मोडेल नया ढंगले विकास नगरे प्रतिक्रियावादी र साम्राज्यवादिहरुले क्रान्तिकारी आन्दोलनलाई एम्बुसमा पार्ने गर्छन् ।’

कञ्चन-सुदर्शन गुटले पार्टीमाथी भयानक हमला गर्दै प्रतिक्रियावादी र साम्राज्यवादिहरुलाइ भन्दा आफ्नो पार्टी र नेतृत्वका विरुद्ध हमला गरेर प्रतिक्रियावादी र साम्राज्यवादिहरुलाइ फाइदा पुर्याएको नेता सबिनको जिकिर थियो।
क्रान्तिकारीलाई सिध्याउन अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो रणनीति प्रयोग गरिरहेको बताउदै नेता सबिनले थपे– ‘साम्राज्यवादको इसारामा कञ्चन-सुदर्शन गुट पार्टी विरुद्ध भयानक हमलामा उत्रिएको छ।’

प्रचण्डहरु गएगुज्रेको संसदीय व्यवस्थामा पतन भएपछि हामिले बिद्रोह गरेका हौं।आज त्यही व्यवस्थामा जाने कुरा सोच्न पनि सकिँदैन,‘नेता सबिनले भने।’

साम्राज्यवाद,पुजीवाद,संसदवादले हाम्रो पार्टीमाथी जुन ढंगले घेराबन्दी गरेको छ त्यो मध्य एउटा कञ्चन-सुदर्शन समुहलाइ प्रयोग गरेको नेता सबिनको जिकिर थियो।

कार्यकारी राष्ट्रपतिको प्रस्ताव लिएका धर्मेन्द्र बास्तोला(कञ्चन) र सांगठनिक गुटबन्दी र आर्थिक अराजकताबाट रुपान्तरण हुन नसक्ने सुदर्शनले पार्टी छोडेर भागेको नेता सबिनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार