वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल भदौ २७-३० सम्म हुने

डेली न्युजराप्ती       १८ श्रावण २०८० १०:१८ मा प्रकाशित     252 No Comments

दाङ । वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा अर्को महिना आयोजना हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ ।

प्रतियोगिता विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, क्विकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता कुल अनुमानित रकम २८ लाख खर्च हुने अनुमान गरिएको छ । पुरस्कार रकममा मात्रै ९ लाख ५५ हजार रकम खर्च हुने महासघंका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिए।

भलिबल प्रतियोगिताको आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ प्रतिभाको खोजी एवम विकासमा जोड दिदै आएको महासंघको सन्दर्भमा नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरि थप उत्साह प्रदान गरेको जनाएको छ ।

भलिबल खेलको माध्यमबाट राष्ट्रिय स्वाधीनता , आपसी सद्भाव कायम गर्दै राष्ट्रिय पहिचान कायम गर्न चाहेको समेत स्पष्ट पारेको छ ।

खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरि खेलाडीको वृद्धिविकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउन थप योगदान पुग्ने कुरामा आयोजक सबैलाइ बिश्वास समेत दिलाएको छ ।

यसैबिच आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रतियोगिता सफल पार्न आर्थिक सहयोगका साथै प्रायोजन गरिदिन सबैलाई अनुरोध समेत गरेको छ ।

को थिए वीरजङ्ग?
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्ग नेत्र विक्रम चन्द (विप्लव)का सहोदर दाइ हुन् । उनी तत्कालीन नेकपामाथी केपि ओली नेतृत्व सरकारले लगाएको प्रतिबन्धको क्रममा गिरफ्तार पारिएका थिए । हिरासतमा राम्रो उपचार नपाएर वीरजङ्गको निधन भएको थियो ।

वीरजङ्ग स्वभावमा आँटिलो , साहासी , अति मिलनसार , प्रष्ट दृष्टिकोण , दृढ विचार , संगठनमा अनुशासित , लगनशील , इमानदार , क्रान्तिकारी , वर्गसंघर्षमा आक्रामक , क्रान्तिकारी योजनामा जोदाहा , कुशल योजनाकार र परिचालक तथा वर्गदुश्मनप्रती तिब्र घृणा , वर्गसम्वनय , अक्रमण्यता , आत्मसुरक्षावाद , आत्मसमर्पणवाद र विचलनवाद , चाप्लुसी , षड्यन्त्र र जालझेल जस्ता गलत चिन्तन-प्रवृतिको डटेर सामना गर्न सक्ने कुशल नेता आत्मबिश्वासी , मित्रप्रती नरम , दुश्मनप्रती कडा रुख , प्रभावकारी र आकर्षक व्यक्तित्व , कुशल खेलाडी , खेलप्रेमी एवम अभिभावक नेपाली क्रान्ति र खेलक्षेत्रले असमायिक एक असल अभिभावक गुमाउनुपर्यो ।

प्रतिबन्धको कालो परिवेश , दलाल पुजीवादी राज्यसत्ताको सामाजिक फासिबादी दमनको बिच गिरफ्तारी , देशभरका कयौं जिल्लामा गैरन्यायिक हिरासत र जेलको बसाइ , शारीरिक तथा मानसिक यातनाको दुस्चक्र , सुगर , प्रेसर रोगबाट पिडित , स्वास्थ्य स्थिती नाजुक तर क्रान्तिप्रती प्रतिबद्ध एक जुझारु क्रान्तिवीर कमरेड वीरजङ्ग आज हामीबिच हुनुहुन्न । उपचारका कयौं प्रयास असफल , राज्यको क्रूर चरित्रका कारणले समयमै उपचार हुन नपाएपछि कमरेड वीरजङ्गले क्रान्तिको सुनौलो र गौरवपुर्ण यात्रालाइ बिचबाटोमै बिट मार्नुपर्ने अवस्था सिर्जना भयो ।
यसर्थ हामी अभिभावक , खेलप्रेमी र कुशल खेलाडी कमरेड वीरजङ्गको वैज्ञानिक समाजवाद स्थापना गर्ने गर्विलो यात्रालाई पूरा गर्ने अभियानमा लामबद्ध हुने प्रतिबद्धतासहित कमरेड वीरजङ्गको स्मृति र सम्मानमा कमरेड वीरजङ्ग स्मृती कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजनाका साथ नेपाल गणतान्त्रिक खेलकुद महासंघ तपाइँहरु माझ सगौरव उपस्थित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार