सरकारले पीसीआर टेष्टको नया शुल्क तोक्ने

डेली न्युजराप्ती       ४ माघ २०७८ १८:५९ मा प्रकाशित     294 No Comments


काठमाडौ, माघ ४। सरकारले कोभिड १९ को परीक्षण पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ ।
हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य सचिव पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिएका हुन् ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’
सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन रु भनी प्रश्न गरेका थिए । साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमै पीसीआर टेष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।
जवाफमा स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामीले बनाएको नियम सरकारी अस्पतालमा गएर लक्षण देखिएको अवस्थामा पीसीआर टेष्ट फ्री नै हो । टेकुमै भएन भन्ने कुरा छ म त्यसमा बुझ्छु । वीर अस्पताल र अरु अस्पतालहरुमा फ्री नै भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार