तुलसीपुरमा अखिल नेपाल अटो मजदुर संगठन गठन,अध्यक्षमा प्रकाश विक

डेली न्युजराप्ती       २० चैत्र २०७८ २०:५८ मा प्रकाशित     314 No Comments


चैत्र २०,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा अखिल नेपाल अटो मजदुर संगठनको इकाइ कमिटी गठन गरिएको छ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत रहेको अटो मजदुर संगठन तुलसीपुर ५ मा प्रकाश बिकको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको हो। जसको उपाध्यक्षमा अर्जुन बिक,सचिवमा राजेन्द्र,सह-सचिवमा हेमबाबु घर्तीमगर र कोषाध्यक्षमा कुमार बिक चयन भएका हुन भने सदस्यहरुमा रुपलाल बिक,सुदिप बिक,रुपेश थापामगर र जनक परियार रहेका छन।

कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य इश्वरी प्रसाद पाण्डे,राजकुमार क्षत्री,शुदर्शन र युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटीका उपाध्यक्ष पवन भारतीको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार