अखिल ( क्रान्तिकारी ) नै बिद्यार्थी आन्दोलनको मुल प्रवाह हो : पुर्व विद्यार्थीले नेता गौतम

डेली न्युजराप्ती       ९ फाल्गुन २०७९ २१:३९ मा प्रकाशित     267 No Comments

फागुन ९/दाङ । अखिल ( क्रान्तिकारी ) का पुर्व नेता सुरेश गौतमले समकालीन विद्यार्थी संगठनहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) नै विद्यार्थी आन्दोलनको मुल प्रवाह रहेको बताएका छन ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मुखैमा सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै नेता गौतम ले यस्तो बताएका हुन । नेपालको विद्यार्थी आन्दोलन कमजोरी र मुद्दा  विहिनी भएको चर्चा भईरहेको बेला नेता गौतमले संगठनात्मक अभ्यासका हिसाबले एमाले निकट अखिल र विप्लव निकट अखिल(क्रान्तिकारी) मात्र बाँकी रहेको बताएका छन् ।

अखिल ( क्रान्तिकारी ) का पुर्व नेता सुरेश गौतमको स्टाटसको बिसयमा विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)का महासचिव ललित सीले भने– ‘ अखिल ( क्रान्तिकारी ) का पुर्व नेता आदरणीय अग्रज सुरेश गौतम दाईको विद्यार्थी आन्दोलन सम्बन्धि विश्लेषण सहि र बस्तुवादी लाग्यो । संगठनात्मक संरचनाका दृष्टिले एमाले अखिल अलि सबल भयता पनि विद्यार्थी आन्दोलको चरीत्रका हिसाबले उल्टो र पश्चगामि यात्रामा छ । हामी विद्यार्थी आन्दोलनलाई त्यसको सारतत्व र मुलभुत चरित्रमा ल्याउन प्रयत्नरत छौं । सिंहदरबार पसेको विद्यार्थी आन्दोलनलाई सडकमा ल्याई परिवर्तनको आन्दोलनमा अग्रभागिय मोर्चाको भुमिकामा कायम गर्ने हाम्रो प्रयासमा आदरणीय सुरेश दाइ लगायत अग्रजहरूको अमुल्य सुझाव , सल्लाह , सद्भाव र मायाको निरन्तर अपेक्षा गरिरहने छौँ। अग्रजहरूले हस्तान्तरण गरेको आन्दोलनको रक्तरन्जित कलम र तारा अंकित रातो झण्डा कुनै मुल्यमा झुक्न नदिई विजयको स्वर्णिम धरहरामा फहराई छोड्ने प्रण गर्दछौं ।’
यस्तो छ अखिल ( क्रान्तिकारी ) का पुर्व नेता सुरेश गौतमले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार