समाजवादी मोर्चा नेपाल रुपन्देहीको अध्यक्षमा नेकपाका नेता शरद सी चयन

डेली न्युजराप्ती       २७ आश्विन २०८० ०७:१९ मा प्रकाशित     47 No Comments

काठमाडौँ । समाजवादी मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले नेकपाका शरद सीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।

मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, ऋज्जु श्रेष्ठ र सन्त कुमार यादव, एकीकृत समाजवादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका छन् ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं समाजवादी मोर्चा प्रदेश सदस्य सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मोर्चाको पालिका स्तरसम्मका समिति निर्माण गरि मोर्चाका नीति, योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यस्तै मोर्चाले यही असाेज २९ गते नजिकिंदै गरेको दशैतिहारलाई मध्यनजर गर्दै कालाबजारी एवं महंगी नियन्त्रण गर्ने ध्यानाकर्षण सम्बन्धी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने निर्णय गर्नुका साथै स्थानीय स्तरमा सबै सामाजिक संघसंस्थासँग सहकार्य गरेर कार्यक्रम गर्ने निर्णय गरेको नेकपा रुपन्देही सेक्रेटेरी विरेन्द्र सीले जानकारी दिए ।- विनोद खनाल

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार