देशव्यापी नेकपा प्रवेशको लहर चल्यो, झापामा माओवादी केन्द्रका प्रदेश सदस्य पाण्डे नेकपामा ध्रुवीकृत 

डेली न्युजराप्ती       २२ पुष २०८० ०७:१० मा प्रकाशित     225 No Comments

झापा: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र झापाका २ नम्बर क्षेत्रीय संयोजक तथा १ नम्बर प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले माओवादी केन्द्रबाट राजीनामा लेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।

शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै उनले नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको घोषणा गरेका हुन् । उनले यतिबेला मुलुक भयानक संकटमा पुगेको र अब निकास अनिवार्य बनिसकेको बोध गर्दै नेपालको अग्रगामी आन्दोलनलाई संगठित गर्न सचेत प्रयत्न गर्नु पर्ने बताएका छन् । त्यसको निम्ति एउटा शक्तिसाली धारा निर्माण गर्नुपर्ने र सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक शक्ति र देशभक्तलाई समेत एक गर्न नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवमार्फत सचेत पहल लिन सकिने दर्बिलो विश्वास रहेको बताएका छन् ।

पाण्डे बुधाबारे गाविसका तत्कालिन निर्वाचित उपाध्यक्ष हुन् । विद्यार्थी जीवनमा मेची क्याम्पसका निर्वाचित स्ववियु सभापति समेत बनेका पाण्डे लोकप्रिय नेताको रुपमा झापामा परिचित छन् । माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी भएर आएका पाण्डे जनतामा सरल र मिजाशिलो ढंगले प्रस्तुत हुने नेता हुन् ।

यसअघि देशका विभिन्न भुभागमा नेकपा प्रवेशको लहर चलेको छ । दाङ , कैलाली लगाएतका स्थानमा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेताकार्यकर्ताहरुले नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार