भालुवाङ २१ भदौ । दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो । भालुवाङ( प्युठान सडक खण्डको राप्ती गाउँपालिका १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।शान्तिपुर देखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.