संसदमा कांग्रेस सांसद शशांक कोइरालाले भने ‘भ्रष्टाचार अलि कम गरौं’

डेली न्युजराप्ती       २७ बैशाख २०८० १६:५४ मा प्रकाशित     88 No Comments

काठमाडौं । प्रतिनिधि सभामा आज विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी छ।

भुटानी शरणार्थी प्रकरण उत्कर्षमा रहँदा आज सदनमा बोल्ने अधिकांश सांसदले भ्रष्टाचार र सुशासनका विषयमा धारणा राख्न छुटाएका छैनन्।

नेपाली कांग्रेसका सांसद शशांक कोइराला भने भ्रष्टाचारबारे धारणा राख्ने क्रममा चिप्लिएका छन्।

उनले भ्रष्टाचारीप्रति तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकाे गर्ने व्यवहार स्मरण गरे।

विश्वेश्वरप्रसाद प्रधानमन्त्री हुँदा उनका भाइले तीन सय पर्ने नयाँ जुत्ता लगाएको निहुँमा उनलाई पदबाट बर्खास्त गरेको सुनाए।

भ्रष्टाचारविरूद्ध विपीको जस्तै तत्परता र संवेदना हुनुपर्ने कोइरालाले बताए।

भ्रष्टाचारबारे समसामयिक अवस्था र निर्मुल पार्ने उपाय सदनमा सुनाउन थाले। त्यहीबेला उनले भ्रष्टाचार गर्नुपर्ने तर कम गर्नुपर्ने आशयको अभिव्यक्ति दिए।

‘करप्सन भनेको हामीले गर्छौँ, अरूलाई दोष किन दिने । हामीबाट करप्सन कम गरौं। कम गरौं, निर्मुल गर्न सकिँदैन,’ कोइरालाले भने।

कोइरालाको कुरामा सांसदहरू हाँसेका थिए।
कोइराला अगाडि भनिरहे,‘अब यसलाई निर्मुल गर्न त मलाई लाग्छ..प्रयास गर्‍यो भने निर्मुल हुन्छ। कतिपय मुलुकहरूमा त्यो भएको पनि छ। हामीले प्रयत्न नै गरेनौं भने कसरी हुन्छ।’
शशांकले यति भनिसक्दासम्म सदनमा चर्को हाँसो गुञ्जिएको थियो। Setopati.com बाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार