विपत्तिमा विप्लव: १ लाख नगद , २५ क्विन्टल चामल सहित डाक्टरको टोलि भुकम्प प्रभावित क्षेत्रमा पठाउने

डेली न्युजराप्ती       १८ कार्तिक २०८० १६:२७ मा प्रकाशित     102 No Comments

कार्तिक १८ , दाङ । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भुकम्प पीडितका लागि १ लाख नगद रुपैयाँ  सहित २५ क्विन्टल चामल र डाक्टरसहितको टोलि जाजरकोट पठाउने भएको छ ।

पार्टीका महासचिव विप्लव सीले आज भुकम्प पिडितका लागि उद्दार तथा राहात घोषणा वक्तव्य जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

विप्लव सीद्वारा जारी राहात घोषणा वक्तव्यमा भुकम्प पीडितका लागि पार्टीको कोषबाट राज्य राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरिदिने , पार्टीको खाद्यान्न भण्डारबाट २५ क्विन्टल चामल उपलब्ध गराउने , जनस्वास्थ्यकर्मी महासंघ डा. प्रकाश सीको नेतृत्वमा डाक्टरहरुको टोली जाजरकोट र रुकुममा खटाउने , भेरी , राप्ती ,कर्णाली , सेती , महाकाली , लुम्बिनी ब्युरोबाट एकएक वटा टोलि स्वयंसेवक परिचालन गर्ने , पुनर्निर्माणमा देशैभरीबाट जनस्वयंसेवक परिचालन गर्ने , राजधानी लगाएत सबै जिल्लामा राहतका लागि लत्ताकपडा , टेण्ट , औषधि , रकम संकलन गर्ने , उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेस्क राख्ने व्यवस्था गर्ने घोषणा गरिएको छ ।

यस्तै राहत घोषणा वक्तव्यमा भुकम्पवाट ज्यान गुमाउने नागरिकहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रती गहिरो समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

नेकपाले आम पार्टी पंक्ती , जवस/ मोर्चा , युवा जनस्वयंसेवक सबैलाई उद्दार तथा राहतमा जुट्न निर्देशन गरेको छ ।

साथै सो पार्टीले भुकम्पबाट ज्यान गुमाएका नागरिकहरुप्रती उचित राहतको व्यवस्था गर्न , घाइतेहरुको स्वास्थ्य उपचार गर्न साथै घर भत्किएर समस्या झेलिरहेका जनतालाइ यथासिघ्र राहतको व्यवस्था मिलाउन सरकारसंग जोडदार माग गरेको छ ।

यस्तो छ नेकपाको राहत घोषणाको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार