काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसभन्दा अगाडि मूल्य वृद्धिको चर्काे विरोध हुँदा मूल्य घटाएको निगमले पुनः फेरि मूल्य वृद्धि गरेको हो ।
आज राति १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा विक्री मूल्यको पेट्रोलमा प्रति लिटर २ रुपैयाँ , डिजेल/मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ मूल्य वृद्धि भएको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ ।
रसिया – युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई,२०२२ (असार १७,२०७९) मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र , डिजेल/मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.