कमरेड सीता दाहालको निधनप्रति स्तब्ध छौं : विप्लव

डेली न्युजराप्ती       २७ असार २०८० १६:०८ मा प्रकाशित     105 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनले पार्टीलाई स्तब्ध बनाएको बताएका छन।बुधबार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

शोक वक्तव्य मार्फत विप्लवले भनेका छन:”उहाँले जनयुद्धको भीषण प्रक्रियामा पार्टी र क्रान्तिका लागि महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएको थियो।कमरेड प्रचण्डलाई उहाँले सधैं साथ र सहयोग दिनु भयो।छोराछोरीहरुलाई जनयुद्धमा लाग्न प्रेरित र प्रशिक्षित गर्नुभयो र पार्टी एकताको पक्षमा सधैं सकारात्मक भुमिका निर्बाह गर्नुभयो ।”

वक्तव्यमा “कमरेड सीता दाहालको निधनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। दुखको यस क्षणमा कमरेड प्रचण्ड र उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ” भनिएको छ।

आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

यस्तो छ विप्लवद्वारा जारी शोक वक्तव्य:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार