नवौं पार्टी पुनर्गठन दिवसको अवसरमा दाङमा नेकपाद्वारा नेता-कर्याकर्ताका परिवारलाइ प्रशिक्षण

डेली न्युजराप्ती       ८ मंसिर २०७९ २०:१० मा प्रकाशित     185 No Comments

मंसिर ८ , दाङ ।
विप्लव नेतृत्वको नेकपा दाङले पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा पार्टीमा कृयाशिल नेता-कार्यकर्ताका परिवारलाइ प्रशिक्षण दिएको छ ।
सो पार्टीले आज जिल्लाको लमहि नगरपालिका स्थित जखेरा तालमा पार्टीका नेता-कार्यकर्ता सहित नेता-कार्यकर्ताका परिवार समेत सम्मीलित राजनितिक तथा वैचारिक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

राजनीतिक वैचारिक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले पार्टीले यो उचाइमा आउनुमा पार्टीका नेता-कार्यकर्ताको मात्रै हात नभएर परिवारको समेत अहम् भुमिका रहेका बताउनुभयो ।
नेता शितलले भने– ‘देश र जनताको निम्ति अहोरात्र हामी लडिरहेका छौँ , हामिले हाम्रो परिवारका चाहना,आवश्यकता पूरा गर्न सकेका छैनौं तरपनी परिवारले हाम्रो मुक्ती आन्दोलनमा साथ दिएकै छन ।
परिवारको साथ , समर्थन र सहयोगविना हामी लडाइ जित्न सक्दैनौं ।’

नेता शितलले प्रचण्ड-बाबुरामको गद्दारीले गर्दा फेरि अर्को नयाँ अभियान सुरु गर्नुपरेको बताउनुभयो । ‘हामिले जनताको मुक्तीका खातिर जनयुद्धमा होमियौ र जित्यौ पनि तर बाबुराम र प्रचण्डको आत्मसमर्पणले गर्दा हामीले सबै चिज गुमाएका हौं ,‘नेता शितलले भने ।’

एक फरक प्रसंगमा बोल्दै नेता शितलले प्रचण्ड-बाबुरामले अलपत्र पारेको क्रान्तिको रातो झण्डा आफ्नो पार्टीले उठाएको जिकिर गर्नुभएको थियो ।
‘हामीले क्रान्तिको झण्डा झुक्न दिएनौ बरु हामी अधुरो र अपुरो क्रान्ती पूरा गर्न एकीकृत जनक्रान्तीको कार्यदिशा सहित अर्को नयाँ अभियानमा छौँ , मुक्ती आन्दोलनमा सरिक छौँ ,उहाले भन्नुभएको हो’
दंगाली क्रान्तिकारी जनसमुदायको क्रान्तिप्रतीको ओतप्रोत भावनाले नै दाङमा नेकपा पुनर्गठन गरेको स्मरण गर्दै नेता शितलले आफूले गर्व महसुस गरेको स्पष्ट पार्नुभएको थियो।

यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सम्झना सीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सम्झना सी , बिक्रम सी ,पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य द्वय विकाश सी , निर्मल सी लगाएतको आतिथ्य रहेको थियो ।
नेकपा केन्द्रीय सदस्य एवम पार्टीका जिल्ला सेक्रेटरी प्रदिप सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा लमही नगर कमिटीका इन्चार्ज जनकले गर्नुभएको थियो ।

उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाएको बताएको छ। २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार