राप्ती बाल एकाडेमीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १२ चैत्र २०८२ १९:१२ मा प्रकाशित     171 No Comments

दाङ, तुलसीपुर–६। राप्ती बाल एकाडेमी दाङद्वारा आयोजित अभिभावक शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

बुधबार तुलसीपुर-६ स्थित रहेको एकाडेमीले कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूको समग्र विकासमा अभिभावकको भूमिका सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उपलब्धिमूलक रहेको आयोजकको भनाइ छ।

कार्यक्रममा प्रशिक्षक प्रतीक्षा गौतमले अभिभावकलाई बालबालिकाको व्यवहार, सिकाइ प्रक्रिया तथा अभिभावकीय जिम्मेवारीबारे महत्वपूर्ण जानकारी दिएकी थिइन्।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण अभिभावक, शिक्षक तथा सहयोगीप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार