‘भारतसंगको सम्झौता चरम राष्ट्रघाती र जनविरोधी छ,तुरुन्त रद्द हुनुपर्छ’

डेली न्युजराप्ती       २१ पुष २०८० १३:२३ मा प्रकाशित     765 No Comments

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भारतीय दुतावास मार्फत सिधै २० करोड जतिको विकास परियोजना लिन पाउने सम्झौता चरम राष्ट्रघाती र जनविरोधी भएको ठहर गर्दै सम्झौता तुरुन्त रद्द गर्न नेपाल सरकार समक्ष विशेष माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सुक्रवार एक प्रेश विज्ञप्ति जारी गरी सम्झौता तुरुन्त रद्द गर्न माग गरेका हुन ।

नेकपाले जारी गरेको विज्ञप्तिमा पौष १९ गते विहिवार नेपाल भारत परराष्ट्र मन्त्री स्तरिय संयुक्त आयोगको बैठक पश्चात high impact community project  (HICDP) कार्यान्वय सम्झौता अनुसार भारत सरकारले नेपाल स्थिति राजदुता मार्फत २० करोड रुपैया विकास परियोजनाको आवरणमा सिधै जनतामा लगानी गर्ने विषय प्रति पार्टीको गम्भीर रुपमा ध्यान आकर्षित भएको उल्लेख छ ।

नेकपाले यो सम्झौता सार्वभौम सत्ता सम्पन्न नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारको खिलामा भएको भन्दै आपत्ति भएको छ ।

विज्ञप्तिको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार