भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा

डेली न्युजराप्ती       ३० कार्तिक २०८० ०७:४७ मा प्रकाशित     71 No Comments

भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो । न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अलआउटहुँदै ३ सय २७ रन बनाएको हो ।न्युजिल्याण्डका लागिडेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले । कप्तान केन विलियम्सले ६९ रनको योगदान गरे ।

भारतले उपाधिकालागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । भारतका मोहमद सामीपुन एक पटक चम्किए पछि न्युजिल्याण्ड खेलमा जम्न सकेन । सामीले ७ विकेट लिँदै भारतलाई बलिङमा शानदार प्रर्दशन दिलाए । 

जसप्रीतबुम्राहा, मोहमद सिराज र कुलदीपयादवले समान एक एक विकेट हातपारे । बुधबार वानखडे स्टेडियममा घरेलु टोलीभारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । कोहलीले कीर्तिमानी ५० औं शतकप्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए । 

विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।  

ठूलो रनतर्फ अघिबढेका सुभमनगिल ८० रनमा रिटायडहर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार