लुम्बिनी प्रदेशले ल्यायो ४० अर्बभन्दा बढीको बजेट!

डेली न्युजराप्ती       २ असार २०८० ११:३२ मा प्रकाशित     165 No Comments

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि करिब ४० अर्ब बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपैया बराबरको बजेट ल्याएका हुन् ।
जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ । त्यस्तै वित्तिय हस्तान्तरणका तर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो । जुन चालु तर्फ ३३.६८ प्रतिशत, पुजिगत तर्फ ५७.४५ प्रतिशत र वित्तिय हस्तान्तरण तर्फ ८.८७ प्रतिशत रहेको छ ।

आगामी बर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४  करोड, बिशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब  २५ करोड परिचालन हुने अनुमान रहेको छ ।

चालु बर्ष २०७९/०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार