नेता शिव सीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

डेली न्युजराप्ती       २९ असार २०८२ १७:३५ मा प्रकाशित     602 No Comments

हेमन्तप्रकाश वली ।
असार २८,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सचिवालय सदस्य नेता शिव सीको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार उहाँकै निवास तुलसीपुर-१५ पहरुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको सी संस्कृति अनुसार पाँचौ दिन श्रद्धाञ्जली सभाको आयोजना गरि दिवंगत नेता शिवको राजनीतिक जिवन , पारिवारिक योगदान , सामाजिक रुपान्तरणको पक्षमा उहाँले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै पार्टीका स्थायी समितीका सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज विषम सीले नेता शिव सीप्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘ मान्छे जन्मेपछि मर्नै पर्दछ तर मृत्युपछि उसका कामहरुको चर्चा होस् । शिवको मृत्यु निकै ओजिलो भएको छ । यो केवल मृत्यु होइन् , समाज रुपान्तरणका पक्षमा लड्दालड्दै एउटा योद्धा गुमेको हो। कमरेड शिवको सपना मुलुकमा समाजवाद स्थापनाको हो र त्यो सपना हामि पुरा गर्न चाहान्छौँ ।’

नेता विषम सीले एकीकृत जनक्रान्तिमा एउटा होनहार योद्धा गुमाउनु पार्टीलाई अतुलनीय क्षति पुगेको समेत बताउनुभएको हो ।

श्रद्धाञ्जली सभामा नेता शिव सीलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका केन्द्रीय सदस्यहरु सविन सी , सम्झना सी , पाटन सी , जिवनी सी , निर्मल सी , प्रदिप सी , तिलक सी लगाएत पार्टीका जिल्ला स्तर , पालिका एवम वडा समितिका नेताकार्यकर्ता तथा मृतकका आफन्त , परिवारजन एवम इष्टमित्रहरुको सहभागिता रहेको थियो।

नेकपा दाङ जिल्ला सचिवालय सदस्य शिव सीको ५२ वर्षको उमेरमा असार २२ गते हृदयघातका कारण अकल्पनीय , असमायिक दुखद निधन भएको थियो ।

उहाँकि आमा कृष्णा सुवेदी अखिल नेपाल महिला सँघ दाङका संस्थापक जिल्ला अध्यक्ष (२०३६) हुनुहुन्छ भने उहाँकि जिवनसंगिनि सुमित्रा सुवेदी अखिल नेपाल शिक्षक संगठनको दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

दिवंगत नेता शिव सीका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार