तेस्रो पटक चीनको राष्ट्रपतिमा सी जिनपिङ!

डेली न्युजराप्ती       २७ फाल्गुन २०७९ ०६:२० मा प्रकाशित     113 No Comments

काठमाडौं । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्नुभएको छ । उहाँ १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन हुनुभएको हो । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस एनपीसी का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले संविधानप्रति प्रतिबद्ध रहने बताउनुभएको छ । योसँगै उहाँलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ । यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत हुनुभयो । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार