तुलसीपुरमा अटोको मनोमानी भाडा असुली रोकियो,नयाँ भाडादर निर्धारण

डेली न्युजराप्ती       १९ फाल्गुन २०७८ १७:१२ मा प्रकाशित     731 No Comments


तुलसीपुर, १९ फागुन । तुलसीपुरमा अटो तथा इ-रिक्साको नयाँ भाडादर निर्धारण भएको छ । शुक्रबार देखि लागू हुनेगरी नयाँ भाडादर निर्धारण गरिएको हो । अव्यवस्थित रूपमा अटो संचालित हुँदा भाडामा असमानता देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित अटो व्यवसायीसंगको सहमतिमा नयाँ भाडादर लागु गरिने भएको हो ।

तुलसीपुरका विभिन्न स्थानलाई केन्द्र मानेर रुट अनुसार नयाँ भाडादर निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका बजार व्यवस्थापन संयोजक अजय बुढाथोकीले जानकारी दिनुभयो ।

रुट नम्बर १ को विरेन्द्र चोकलाई केन्द्र मानेर उत्तर डाँडापातु सम्मको लागि ३० रुपैयाँ, गैरापातुसम्म ४०, माताकुटी हुदै ७ नम्बर वडा कार्यालय सम्मका लागि ५०, शान्तीपार्क गणेशपुरसम्म ६०, गौझेनीसम्म ३५ निर्धारण गरिएको छ ।

त्यसैगरी रक्षाचौरसम्म ३५, आखा अस्पताल ५०, गोटीखोलासम्म ६०, मजुवा ७०, रानागाउसम्म ७०, लाहुरेचौरसम्म ७० र घुसेरीसम्म ७० रुपैँया भाडा निर्धारण गरिएको छ ।
त्यसैगरि रुट नम्बर २ को बसपार्कलाई केन्द्र मानेर पश्चिम कृष्ण मन्दिरसम्म ३० रुपैया, अस्वारा पेट्रोलपम्पसम्म ४०, मेट्रो अस्पतालसम्म ५०, भमकेखोला पुलसम्म ५०, वालापुरसम्म ६०, हेकुली पोटलीसम्म ७०, श्रीगाउसम्म एक सय, बटोलपुरसम्म ५०, खैरीपुरसम्म ८० निर्धारण गरिएको छ ।
त्यसैगरि तकियापुर मनकापुर १००, अश्वारा स्कुलदेखि भमकेखोला सम्म ५०, भमके हेल्थपोष्टसम्म ६०, भमके स्कुल ७०, मिलनचोक देवीस्थानसम्म ९०, पातेटाकुरा खोलासम्म एकसय, नयाँबस्ती ४०, कटकुईया ५०, चौपारी ६०, पुलसम्म ७०, त्रिवेणी सम्म एकसय, भट्टेसम्मको लागि एकसय र सगरमाथा स्कुलसम्म ३० रुपैया निर्धारण गरिएको हो ।
त्यसैगरि चुलेसेसम्म ४०, दमारगाउ पानीटंकीसम्म ५०, दमारगाउ स्कुल ६०, डाडाखुटी ७०, कुटीसम्म ८०, शिवमन्दिर ८०, झोलुङ्गेपुल ४०, च्याउखेतीसम्म ६०, अटोभिलेज ३०, जेके ईट्टाभट्टा ५० र टिकरी सम्म ६० रुपैया निर्धारण गरिएको छ ।
त्यसैगरि पार्किङ नम्बर ३ को विद्युत कार्यालयलाई केन्द्रबिन्दु मानेर हात्तीखौवा सम्म ३०, मोतीपुरुम्म ३५, राजापुर कालाखोलासम्म ४०, पर्सेनीसम्म ४५, कपडादेवी ६०, सिपविकाससम्म ३० र मदननगर गोठलीगाउँ ठुलो कुवासम्म ५० रुपैया निर्धारण गरिएको छ ।
त्यसैगरि पार्किङ नम्बर ४ मदनआश्रित चोकलाई केन्द्रबिन्दुर मानेर एयरपोर्टसम्म ३०, अशोकबुटा ३५, पुकारपसल ४०, टरिगैँ प्रतिक्षालयसम्म ४५, रझेना रझेनीसम्म ५५, हरिपौरासम्म ६०, कौवापुरसम्म ६५, उरहरीसम्म ८०, जसपुरसम्म ७५, सितलपुरसम्म एकसय रुपैया निर्धारण गरिएको छ ।

त्यसैगरि वखरियासम्म एकसय १०, दमारगाउँसम्म एकसय ५०, ढकनासम्म एकसय ५०, गिधनीयासम्म एकसय ५०, अम्बापुर एकसय ५०, रनियापुरसम्म दुईसय, स्याउलीबजार सम्म ३०, राप्तीबबईसम्म ३५,कपडादेवीसम्म ४०, ग्वारखोला पुलसम्म ५०, जहदागाउसम्म ६०, साहिपुरसम्म ७०, चैलाहीसम्म ६०, बनगाउसम्म ७०, बन्गैसम्म ८० र वेलगनारी तथा पिरगाउसम्म एकसय रुपैया निर्धारण गरिएको छ ।

त्यसैगरि अटोभिलेजसम्म ३०, गोलौरा चोकसम्म ४०, डिल्लीबजारसम्म ५०, मोतीपुरसम्म एकसय, राईखलियान स्कुलसम्म ५०, बेलटाकुरासम्म एकसय, गौरीगाउ तालसम्म ७०, झुमरेडाडासम्म ८०, कटाहा चौधरीगाउ ९०, ग्वारखोला पुलसम्म ५०, लहलौरा डोक्रेनासम्म ७० निर्धारण गरिएको छ ।

त्यसैगरि जोगिडाडासम्म ९०, वेलगनारी सुकौरासम्म एकसय, पुर्वी नवलपुरसम्म ८०, पिरगाउसम्म एकसय, मोतीपुरसम्म एकसय, नवलपुर पश्चिमसम्म ८०, धम्कापुर एकसय, करंगा ईलाका प्रहरी चोकसम्म एकसय १०, भोजपुरसम्म एकसय ३०, मुसासम्म एकसय २०, मटेरासम्म एकसय ४० र ड्वाङपुरसम्म एकसय ६० निर्धारण गरिएको छ ।

त्यस्तै रुट नम्बर ५ अन्तर्गत बजार क्षेत्रमा एक किमीसम्म ३० रुपैँया र त्यसभन्दा बढी भएमा प्रतिकिलोमिटर साढे सात रुपैँया थप हुँदै जाने छ । तुलसीपुर उपमहानगरपालिकाको बजार ब्यबस्थापन कार्यबिधी २०७४ ले तोकेको बजार क्षेत्र अन्तर्गत पुर्वतर्फ हात्तीखौवा चोक, पश्चिम तर्फ पातुखोला पुल, दक्षिणमा सितलपुर चोक र उत्तरतर्फ दुरसंचार कार्यालय चोक माथीसम्म मानेको छ ।

त्यसैगरि रुट नम्बर ६ अन्तर्गत पर्सेनीलाई केन्द्रबिन्दु मानेर बम्नै चोकसम्म ३०, बेत्रावतीसम्म ४०, बनहरी थारुगाउसम्म ५०, बनहरी बाहुनटोलसम्म ६०, ४ नम्बर वडा कार्यालयसम्म ७०, स्यानी अम्रैसम्म ९०, सुकीदहसम्म एकसय २०, हलवार चोकसम्म ४० निर्धारण गरिएको छ ।

त्यसैगरि जितपुरसम्म ४५, झोलुङ्गेपुलसम्म ५५, नवलपुरसम्म ६५, खाद्रेस्कुल र प्रहरीचौकीसम्म ९०, डाडाटोलसम्म एकसय, तल्लो हलवार ७०, माथिल्लो हलवारसम्म ७०, घुसेरीसम्म ६०, कालाखोला हुँदै रोल्पाली डाडासम्म ६०, मटेरासम्म ८० र घुसेरीसम्म एकसय रुपैया निर्धारण गरिएको छ ।

त्यसैगरि रुट नम्बर ७ को विजौरीलाई केन्द्रबिन्दु मानेर मानपुरसम्म ३०, १७ नम्बर वडा सम्म ३५, रावतगाउसम्म ४५, भेलही-भलहीसम्म ५५, सरैयासम्म ६५, डुरुवासम्म ७५, दोघरे ३०, बासगढी ४०, रनियापुर ५०, गोटीखोला ६५, कुटीचौर ७५, श्रीचौर एकसय, पतेरीसम्म एकसय २०, सुँगुरखोलासम्म एकसय ५० रुपैँया निर्धारण गरिएको छ ।
त्यसैगरी तातोपानीसम्म ८०, भित्रीस्यालापानी सम्म एकसय १०, हाडिमेसम्म ३०, पंगरेयासम्म ४०, खर्खरेसम्म ४०, हात्तीखालसमम ५५, साईपुरसम्म ३०, फचकलुवासम्म ४५, गणेशपुरसम्म ५५, लक्ष्मीपुर-लहलौरासम्म ६५, कुरहरीयासम्म ७५, दक्षिण कुरहरीया सम्म ८५ र भोजपुरसम्म एकसय रुपैया निर्धारण गरिएको छ ।

त्यसैगरि हेमन्तपुरदेखि निमुवासम्म ३०, बनकट्टासम्म ५०, ढोलपुर सम्म ७० र पहरुवा चोकसम्म ७० रुपैया निर्धारण गरिएको छ । त्यसैगरि बेलझुण्डी देखि मनिकापुरसम्म ३०, सातकुलेसम्म ४० र सक्रामसम्म ६५ रुपैया निर्धारण गरेको हो ।
दुई जनाभन्दा बढीको हकमा मात्र सो भाडादर लागु गरिएको हो । एक जनामात्रै भएमा निर्धारण गरिएको भाडाभन्दा दोब्बर लाग्ने भएको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक अटोमा भाडादर र गुनासोको लागि नम्बर राखिने छ । तोकिएभन्दा बढी भाडा अटोले लिएमा यात्रुले तुरुन्तै गुनासो गर्ने र सम्बन्धित अटोचालकलाई जरिभाना गर्न सकिने उहाँले बताउनुभयो ।

उल्लेखित भाडादरमा अशक्त, जेष्ठ नागरिक, अशक्त तथा विद्यार्थीलाई परिचयपत्रको आधारमा ३३ प्रतिशत छुट दिईने समेत उहाँले बताउनुभयो । बिहिबार तुलसीपुर उपमहानगरपालिकाका बजार व्यवस्थापन संयोजक अजय बुढाथोकीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्य बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको बैठकमा सरोकारवालासंगको छलफलपछि नयाँ भाडादर लागु गरिने निणर्य गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार