तुलसीपुर,८ फागुन । फागुन २१ गते हुन थालेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको सन्दर्भमा तुलसीपुर नगर जेसीजले उम्मेदवारसंग ककस कार्यक्रम गरेको छ। दाङ निर्वाचन क्षेत्र ३ मा दल तथा स्वतन्त्र उम्मेदवार संग ककस कार्यक्रम भएको हो ।
जेसिजले हिजो बिहिबार तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको सार्वजनिक संवाद कार्यक्रममा राष्ट्रिय दल नेपाली कम्युनिष्ट पार्टीका धन बहादुर मास्की र रास्वपाका उम्मेदवार कमल सुवेदी भने आएनन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरुले सुशासन तथा जनअधिकारको लागि जनपक्षिय कानुन निर्माण पहिलो प्राथमिकता रहेको बताएका थिए।
कार्यक्रमको सहजिकरण जेसीजका अध्यक्ष कमल प्रकाश शर्माले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.