दाङमा माओवादी केन्द्रका नेता-कार्यकर्ताद्वारा धमाधम पार्टी परित्याग

डेली न्युजराप्ती       ५ बैशाख २०७९ २०:१० मा प्रकाशित     600 No Comments


हेमन्त प्रकाश वली।
बैशाख ५,दाङ। बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दाङमा माओवादी केन्द्र परित्याग गर्नेको संख्या बढेको छ।

स्थानीय तहको निर्वाचनको नजिकिदै गर्दा दाङमा नेकपा(माओवादी केन्द्र) का नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरेका छन। पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज देखि वडा अध्यक्ष सम्मका नेता-कार्यकर्ताहरुले विभिन्न कारण देखाउदै पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गर्ने गरेका छन।

आज घोराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका छन। उनले पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएको बताए ।

पार्टीभित्र धेरै गुटबन्दी भयो । अत्यन्त षड्यन्त्रकारी कार्यशैली भए । चुनावको नजिक झन गुटबन्दी देखापर्‍यो । स्वाभीमान र इज्जत बचाउन लागेँ,’ उनले भने,’ स्वाभीमान र आदर्श जोगाउन माओवादी केन्द्र छोड्ने निष्कर्षमा पुगे । ’ उनले आफू राजनीतिक कार्यकर्ता भएको भन्दै सामाजिक कार्यबाट विमुख नहुने समेत बताए।

यस्तै हिजो मात्रै नेकपा(माओवादी केन्द्र)का एक नेताले पार्टी परित्याग गरेका थिए। हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा(माओवादी केन्द्र) राजपुर गाउपालिका वडा नं. २ का अध्यक्ष तुल्सीराम भण्डारीले पार्टी परित्याग गरेको घोषणा गरेका हुन।

भण्डारीद्वारा जारी प्रेस बिज्ञप्तिमा नेकपा(माओवादी केन्द्र)ले जनतामाथी जनघात गरेको,दलाल संसदीय पुजीवादी बाटोमा अगाडि बढेको र राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट पास गरेको,जनताको ढाड सेक्नेगरी महंगी,कालाबजारी,दलाल,भ्रष्टाचारीहरुलाइ पक्षपोषण गरेको हुदा उक्त पार्टीको बिचार,सिद्धान्त र साधारण सदस्य समेत नरहने गरि आजका मितिदेखी पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

आज सोमबार फेरि सो पार्टीका अर्का एक नेताले पार्टी परित्याग गरेको जनाएका छन।
नेकपा(माओवादी केन्द्र) राजपुर गाउपालिका वडा नं. २ बस्ने मोहनलाल बिकले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि आफुले पार्टी परित्याग गरेको बिज्ञप्ति मार्फत जनाएका छन। पार्टीका पार्टी सदस्य रहेका बिकले नेकपा(माओवादी केन्द्र)ले जनतामाथी जनघात गरेको,दलाल संसदीय पुजीवादी बाटोमा अगाडि बढेको र राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट पास गरेको,जनताको ढाड सेक्नेगरी महंगी,कालाबजारी,दलाल,भ्रष्टाचारीहरुलाइ पक्षपोषण गरेको हुदा उक्त पार्टीको बिचार,सिद्धान्त र साधारण सदस्य समेत नरहने गरि आजका मितिदेखी पार्टी परित्याग गरेको घोषणा गरेका हुन।

स्थानीय निर्वाचन नजिकिदै जादा धमाधम पार्टीका केन्द्रीय सदस्य सम्मका जिम्मेवार नेता-कार्यकर्ताहरुद्वारा पार्टी परित्याग गर्नाले निर्वाचनमा पार्टीको अस्तित्व संकटमा पर्न सक्ने सोही पार्टीका नेताहरुको धारणा रहेको छ।

केही समयअघि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए।
दाङको घोराहीका शर्मा एमाले प्रवेश गर्नु पूर्व माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा थिए।
शर्माले माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटीसम्मको जिम्मेवारी पाएका थिए।

पार्टी परित्याग गर्ने नेता-कार्यकर्ताहरुद्वारा जारी प्रेस बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार