तुलसीपुर मतगणना स्थल नजिकै ग्याङ-फाइट,प्रहरी बन्यो रमिते!

डेली न्युजराप्ती       ४ जेष्ठ २०७९ १७:०३ मा प्रकाशित     1233 No Comments


जेठ ४,तुलसीपुर। तुलसीपुरको मतदान स्थल नजिकै दुई समुहबिच ग्याङ-फाइट भएको छ।

बुधबार दिउँसो करिब ४ बजेतिर तुलसीपुर उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमा रहेको स्थानीय निर्वाचन अधिकृतको कार्यालयको गेट अगाडि दुई समूह बिच झडप भएको हो।
झडप गर्नेहरु नेकपा(एकीकृत समाजवादी) र नेकपा(एमाले) निकटका युवाहरु रहेको प्रत्यक्षदर्शीले बताएका छन।

निर्वाचन अधिकृत कार्यालयमा भित्र तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेका बेला बाहिर दुई समूह बिच झडप हुँदा प्रहरी रमिते बनेको छ। प्रहरीकै अगाडि झडप हुँदा समेत प्रहरीले झडप गर्ने युवाहरुलाइ नियन्त्रणमा लिएन।

एक प्रत्यक्षदर्शीले भने– ‘प्रहरीकै अगाडि युवाहरु घमासान लडिरहे तर प्रहरी प्रशासन निरीह बनिरह्यो,प्रहरीले कुनै कदम चालेन।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार