नेकपा दाङद्वारा पुरस्कार वितरण,नेता कार्यकर्ताहरुको पारिवारिक मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ९ मंसिर २०७८ १९:४३ मा प्रकाशित     607 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा दाङले बिहीवार बिभिन्न खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाइ पुरस्कार वितरण,नेता कार्यकर्ताहरुको पारिवारिक मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो। पार्टी पुनर्गठन दिबसको अवसरमा मंसिर ७ गते आयोजित खेलकुद प्रतियोगिताहरु ब्याडमिन्टन प्रतियोगिता,फुटबल प्रतियोगिता,घैटोफोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाइ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले नेता-कार्यकर्ताका परिवारहरुलाइ पार्टी पुनर्गठन दिबसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो। उहाले परिवारलाइ पार्टीकरण गर्दै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्ने उद्घोष गर्नुभएको थियो। नेता शितलले नेता कार्यकर्ताका परिवारलाई आफुहरु महान लक्ष्य र उदेश्य प्राप्तिका लागि वर्गसंघर्ष होमिएकाले परिवारले त्यो लक्ष्य र उदेश्य चुम्न जनयुद्धमा जस्तै दृढताका साथ क्रान्तीमा सहभागी बन्न अपिल गर्नुभएको थियो।

कार्यक्रमका अतिथी नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिनले आफ्नो पार्टीका विरुद्ध संसदवादी दलहरुले अनेक भ्रम फिजेकाले नेता-कार्यकर्ताहरुलाइ भ्रमित नहुन आग्रह गर्नुभएको थियो। नेता सबिनले राजनितिक रुपमा पार्टीले लिएका एजेन्डाहरु देखि संसदीय दलहरु अत्तालिएको समेत बताउनुभयो।
यस्तै कार्यक्रममा अतिथी नेकपा बिशेष कमिटी सदस्य सम्झनाले जनयुद्धमा बिरताका साथ लड्ने महिलाहरु आज घरको चुलोचौकामा सिमित हुनुपरेको बताउनुभयो। उहाले एकपटक महिलाहरु फेरि दलाल पुजीवादी राज्यसत्तालाई ध्वस्त पार्न एकीकृत जनक्रान्तीमा लामबद्ध हुन अपिल समेत गर्नुभयो। नेतृ सम्झनाले वैज्ञानिक समाजवादमा मात्रै सबैखाले बिभेद,उत्पीडिनको अन्त्य सम्भब भएकाले जनताको आफ्नै शासन व्यवस्था प्राप्तिका लागि संघर्ष गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा नेकपा बिशेष कमिटी सदस्य बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,ब्याडमिन्टन निर्णायक लाल बहादुर केसि, फुटबल रेफ्री प्रकाश रोकाय र अर्जुन नेपालीको आतिथ्य रहेको थियो।
नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो भने सहजीकरण जिल्ला पार्टी कार्यालय सदस्य किरणले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार