दाङमा समाजवादी मोर्चा नेपाल गठन

डेली न्युजराप्ती       १९ आश्विन २०८० १७:५६ मा प्रकाशित     434 No Comments

घोराही । दाङमा समाजवादी मोर्चा नेपाल गठन भएको छ । समाजवादी मोर्चा नेपाल दाङका जेष्ठ सदस्य भूपबहादुर केसीको अध्यक्षता एंव नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सी तथा समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य सम्झना सीको विशेष उपस्थितिमा शुक्रबार घोराहीमा बसेको बैठकले समाजवादी मोर्चा नेपाल गठन गरेको हो ।

बैठकले समाजवादी मोर्चा दाङमा घटक दलहरुबाट २/२ जना र १ जना सदस्य सचिव रहने गरी मोर्चा गठन गरेको छ । जसमा तुलसीराम पुन, राधिका परियार, विश्वराज आचार्य, प्रदीप सी, विक्रम सी र भूपबहादुर केसी रहेका छन् ।

मोर्चाको पूर्ण बैठक आगामी कार्तिक २६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षतामा बस्ने निर्णय भएको समाजवादी मोर्चा नेपाल दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार