उत्तर कोरियाले गर्यो दुई सातामा चार पटक क्षेप्यास्त्र परीक्षण

डेली न्युजराप्ती       ३ माघ २०७८ २०:५८ मा प्रकाशित     393 No Comments


एजेन्सी । उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्योङयाङ नजिकैको एउटा विमानस्थलबाट क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कारियाली सेनाले बताएको छ । जापानले पनि यो परीक्षणको पुष्टि गरेको छ । दुई हप्तामा उत्तर कोरियाले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । उसले पछिल्लो पटक प्रक्षेपण गरेको तीन दिनपछि यो प्रक्षेपण गरेको हो । शुक्रबार रेल कारहरूबाट छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो । जबकि केही दिनअघि उसले पहिचान गर्न गाह्रो हुने हाइपरसोनिक क्षेप्यास्त्रहरू परीक्षण गरको दावी गरेको थियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र परमाणु हतियार परीक्षण गर्न निषेध गरेको छ र कडा प्रतिबन्धहरू लगाएको छ । तर पूर्वी एसियाली राष्ट्र उत्तर कोरियाले प्रतिबन्धलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ । बरु उत्तर कोरियाली नेता किम जोन उनले आफ्नो देशको रक्षालाई बलियो बनाउने वाचा गरेका छन् । सोमबारको प्रक्षेपण लगत्तै बसेको दक्षिण कारियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकले उत्तर कोरियाले निरन्तरता दिएको हतियार परीक्षण कार्य ‘अति खेदजनक’ भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार