दाङ, चैत १५ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान शासन व्यवस्थामा सुशासन, न्याय र समानताको प्रत्याभूति सम्भव नभएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचार र राष्ट्रघाती गतिविधिमा संलग्न तत्वमाथि कडा कारबाही हुनुपर्ने जनताको माग रहेको उल्लेख गरेका छन्। तर विद्यमान संसदवादी तथा दलाल पुँजीवादी–साम्राज्यवादी शासन स्वयं भ्रष्ट, ठग र दलालहरूको संरचना भएको आरोप उनले लगाएका छन्।
विप्लवले यस्तो व्यवस्थामा शासकहरूले सुशासनको नाममा विरोधीमाथि दमन र तानाशाही प्रवृत्ति अपनाउने गरेको पनि दाबी गरेका छन्।
उनका अनुसार पुँजीवादी–साम्राज्यवादी युगको अन्त्य भई समाजवादी व्यवस्था स्थापना नभएसम्म न्याय, निष्पक्षता, समानता, स्वतन्त्रता र सुशासन केवल कल्पनामै सीमित रहनेछन्।
उनले सबै समाजवादी तथा देशभक्त शक्तिहरूलाई समयमै यथार्थ बुझ्न र एकताबद्ध हुन आह्वानसमेत गरेका छन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.