संसदीय निर्वाचन खारेजी अभियान चलाइरहेको नेकपाले एक शिक्षकलाइ कालोमोसो दल्यो

डेली न्युजराप्ती       २८ कार्तिक २०७९ ०८:०८ मा प्रकाशित     207 No Comments

महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङका एक शिक्षकलाई जन कारबाही स्वरूप कालोमोसो दलेका छन । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहोरालाई नेकपाले आर्थिक अनियमितता, भ्रष्टाचार लगायत कार्यमा संलग्न रहेको भन्दै आइतबार कालोमोसो दलेका हुन् ।

कारबाही परेका बोहोरा विद्यालयमा प्रधानाध्यापक हुँदाका बखत चरम आर्थिक हिनामिना , विद्यालय पढाइको गुणस्तर खसकाएको, पारदर्शिता इमान्दारिता नदेखाएको नेकपा बझाङको आरोप छ । व्यापक विरोध पछि मात्र बोहोराले प्रधानाध्यापक बाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार