विप्लव नेकपाद्वारा भोली देशभरका आयल निगमका कार्यालय र डिपो घेरिदै

डेली न्युजराप्ती       २० माघ २०७८ १९:५७ मा प्रकाशित     342 No Comments


माघ २०,न्यूजराप्ती। नेपाल कम्युनिस्ट पार्टी निकटका संयुक्त जवस/मोर्चाले भोली देशभरका आयल निगमका कार्यालय र डिपोहरु घेराउ गर्ने भएका छन।

पेट्रोलियम पदार्थको मुल्यबृद्दीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत नेकपा निकट संयुक्त जवस/मोर्चाहरुले
आज देशव्यापी कोणसभा सम्पन्न गरेको जनाएका छन।

चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत भोलि २१ गते देशभरका आयल निगमका कार्यालय र डिपोहरु घेराउ गर्ने कार्यक्रम रहेको नेकपा दाङ निकटका संयुक्त जवस/मोर्चाले न्यूजराप्तीलाइ जानकारी दिएका छन।
न्यूजराप्तीसंग कुरा गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले भन्नुभयो,” लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्दीका विरुद्ध राज्य र आयल निगमलाइ पटकपटक खबरदारी गर्दा पनि राज्य बेखबर र लाचार भएका कारण बिरोधका चरणबद्द कार्यक्रम सार्वजनिक गर्नुपरेको हो।”
यस्तै नेकपा निकट संयुक्त जवस/मोर्चाहरुले भोलि दाङको तुलसीपुर स्थित नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार